
काठमाडौं/ छिमेकी भारतमा को’रोना संक्र’मण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्र’मण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ ।
विज्ञहरूका अनुसार गत वर्ष भारतमा संक्र’मण घटेको केही सातामै नेपालमा पनि घट्न थालेको थियो । को’भिड को सन्दर्भमा भारत र नेपालको टाइमलाइनमा दुईदेखि चार सातासम्मको फरक देखिएको छ ।
काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सकी महा’मारीविद् डा. अर्चना श्रेष्ठले भनिन्, ‘भारतका विभिन्न ठाउँमा संक्र’मण तल जाने क्रम सुरु भइसकेकाले नेपालमा पनि दुईदेखि चार सातामा घट्ने देखिन्छ ।’ उनले भारतमा यसै साता कोभि’डको संक्र’मण बिस्तारै कम हुनेतर्फ लागेको बताइन् । यो समा’चार कान्ति’पुर दैनि’कमा छ ।