
तेह्रथुम/ जिल्लाको छथर गाउँपालिका–४ फाक्चामाराको हाक्पारामा रहेको जलकन्या आधाभुत बिद्यालयमा अभिभावकहरुले ताला’बन्दी गरेका छन् ।
शिक्षक नियुक्तिको विषयलाई लिएर विद्यालयमा राजनीति भएको भन्दै अभिभावकहरुले ताला’बन्दी गरेका हुन् । बिद्यालयमा आधारभुत (प्राथमिक) तहका लागि एक जना अस्थायी करार शिक्षक पद रिक्त थियो । सो पदमा विद्यालयले विज्ञापन गरेर शिक्षक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको थियो ।
विद्यालयले १६ बैशाखमै सूचना प्रकाशित भएको भनेपछि २९ गतेमात्रै विद्यालयमा सूचना टाँस गरिएको र ३० गतेसम्म मात्रै आवेदन दिने मिति राखिएको अभिभावकहरुको आ रो प छ । त्यसमाथि ३० गते विद्यालय समेत खुलेको थिएन ।
विद्यालय नै नखुलेपछि स्थानीयबासी योग्यता पुगेका उम्मेदवारहरुले आवेदन दिन नपाएको गु ना सो गर्दै अभिभावकहरुले ३१ बैशाख अर्थात् शुक्रबार विद्यालय व्यवस्थापन समितिका सदस्य तोकेन्द्र लिम्बूको संयोजकत्वमा २६ सदस्यीय तदर्थ समिति गठन गरी विद्यालयमा ता ला लगाइएको अभिभावक सिद्धिमान लिम्बूले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिको बैठक नै नबसी आवेदन आव्हान गरिएको यसमा प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षबीच मात्रै निर्णय भएर सूचना सार्वजनिक गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य तोकेन्द्र लिम्बूले बताए ।
कक्षा १ देखि ५ सम्म अध्यापन हुँदै आएको बिद्यालयमा दुई जनाको दरबन्दी रहेपनि एक जना मात्रै कार्यरत रहेको र एक जना शिक्षकको अस्थायी करार रिक्त दरबन्दी पदको लागि आबेदन आव्हान गरीएको थियो । बिद्यालय जस्तो शैक्षिक क्षेत्रमा राजनीति गर्नु ग’लत भएको स्थानीय जमानसिंह लिम्बुले बताए । यता बिद्यालय प्रशासनले भने ता ला लगाईएको बारे जानकारी नभ’एको बताएको छ।
को’रोनाका कारण प्रशासन ब’न्द भएको र आवश्यक काम परेको खण्डमा बिद्यालय खोल्दै आएको र बिद्यालयमा कसले ता ला लगाएको हो भन्ने थाहा नभएको प्रधानाध्यापक तेजबहादुर लिम्बुले बताए । सो विद्यालयको अध्यक्ष रहेका ठगेन्द्र लिम्बू नेकपा एमालेसँग आवद्ध छन् । प्रधानाध्यापक लिम्बूपनि एमालेसँगै आवद्ध छन् । अध्यक्ष र प्रअले मिले’मतो गरेर मन’परी गर्ने प्रयास गरेको अभिभावकको भनाइ छ ।
बिद्यालयमा शिक्षकका लागि सुचना प्रकाशित गरेको आबेदन लिने दिन बिद्यालय नगएको प्रधानाध्यापकले स्वीकार्दै भने, ‘आबेदन दिन आएका छौँ भनेर कसैले पनि फोन गरेनन् । फोन मात्रै गरेको भए म बिद्यालयमा पुग्थेँ । बिद्यालयमा कसले ता ला लगाएको भन्ने मलाई थाहा छैन । र जानकारी पनि आएको छैन ।’ अभिभावकहरुले बिद्यालय नै ब’न्द भएपछि आबे’दन दिन नपाउँदा योग्यता भएपछि अबसर लिन बञ्चि’त भएकाले ताला’बन्दी गर्न बा’ध्य भएको बताएका छन् । (रेवत पारघरी खुला पत्र’बाट)