शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन् ।

पछिल्लो समय को’रोना संक्र’मितको अवस्था भया’वह र अक्सिजन अ’भाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् ।

खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन् ।

ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार त्यहाँको स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपालमा अक्सिजन सिलिन्डर पठाएका छन् । नेपाल एयरलाइन्सको वाइड बडीमार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइएको छ ।

राजदूत पराजुलीले यस्तो को’रोना कह’रको घडीमा नेपाली श्रमिकले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेकी छन् । साथै, खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरिन् ।

शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया