सोमबार ०३ माघ २०७८

काठमाडौं/ नेपालमा तत्का’ल को’भिड विरु’द्धको खो’प आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताके’ता गरेको छ । राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् ।

को’भिड महा’मारीसँग जुझ्न नेपाललाई आपत’लीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् ।

शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्र’मण र अस्प’ताल भ’र्ना ह्वा’त्तै बढेको र आपत’लीन सहयोग आवश्यक रहेको बताएका हुन् ।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्र’मण बढेको बताउँदै उनले यी देशहरू सङ्क्र’मणसँग जुझ्न उच्च सङ्घ’र्षको अवस्थामा रहेको बताएका छन् । संक्र’मण बढ्दै जाँदा खो’प आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौ’तीका रुपमा रहेको पनि उनले बताए । साथै, डा. गेहब्रेयससले डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

यसैसाता को’भिड सं’कट व्यव’स्थापन केन्द्र (सीसी’एमसी) संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले न्यान्तीलाई टेलिफोन गर्दै खो’प आपूर्तिका लागि पहल गर्न सुझाएका थिए । राष्ट्रसंघीय निकाय डब्लुएचओले को’भ्याक्स सुविधाअन्तर्गत प्रभा’वित मुलुकहरुमा खो’प आपूर्ति गर्दै आएको छ ।

तर, भारत लगायतका खो’प उत्पादक मुलुकमा खो’प उत्पादन प्रभावित बनेपछि आपूर्ति हुन सकेको छैन । डब्लुएचओले पनि ठूला र धनी राष्ट्रले खो’प जम्मा गर्दा गरिब मुलुकमा खो’प आपूर्ति गर्न नसकि’एको बताउँदै आएको छ ।

६८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया