शनिबार १८ मंसिर २०७८

काठमाडौ/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी माधवकुमार नेपाल समूह फेरि एक ठाउँमा हुने बताएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले अहिले नै माधव समूहले धो’का दिएको निष्कर्षमा नपुगेको बताए।

‘अहिले नै म माधवजीहरुले धो’का दिनु भयो बन्ने शब्द प्रयोग गर्न चाहन्नँ । उहाँहरु भित्र पनि केही सम’स्या पक्कै भए होलान् । उहाँहरु पनि संविधान र लोकतन्त्रको पक्ष’मा संघ’र्षमै हुनु भएको कारणले अहिले नै धो’का दिनु भो भन्ने शब्द बढी हुन्छ भन्ने लाग्छ’, प्रच’ण्डले भने, ‘म आशा गर्छु उहाँहरु सत्यको प’क्षमा, लोकतन्त्र र संविधानको पक्ष’मा सं’घर्ष अगाडि बढाउनु हुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ।’

संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउने बेलामा भेट हुन्छ भन्न खोज्नु भएको हो भन्ने पत्रकारको प्रश्नमा उनले त्यो पनि हुनसक्ने बताए । माओवादी आफ्नो ढंगले अगाडि बढ्ने तथा संविधान र लोकतन्त्र कम’जोर पार्ने प्रवृत्तिसँगको संघ’र्ष जारी राख्ने उनले बताए।

‘संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको लागि पार्टी जहिले पनि तयार हुन्छ । संविधान’विरोधी ढंगले भयो भने मात्रै हाम्रो चि’न्ता, विरो’ध र आलो’चना हुने हो’, प्रच’ण्डले भने, ‘संविधान अन्तरगत हुने चुनावमा हाम्रो सहभागिता हुन्छ।’ प्रति’पक्षीको हैसियतले सरकारका ग’लत काम कार’बाहीको आलोचना गर्ने तथा जनतालाई रा’हत दिने र संविधानको बचा’उको प’क्षमा निरन्तर संघ’र्ष गर्ने प्रच’ण्डले बताए ।

एमालेभित्र देखिएका वि’वाद समा’धानतर्फ गइरहेका छन् । अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्ष’का चार नेतालाई निल’म्बन फु’कुवा गरेर वा’र्ता गरेसँगै बिहीबार उनीहरूले सांसद पदबाट राजी’नामा रोके’का थिए ।

यसैबीच प्रचण्डले फेरि नेता नेपालसँग भेट हुने उल्लेख गरेका छन्। संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था आएमा नेता नेपाल प’क्षको सहयोग रहन सक्ने सम्भावना प्रचण्डको छ । भिडि’यो हेर्नुहोस्:-

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया