
काठमाडौ/ प्रधानमन्त्री केपी शर्मा ओलीलाई अखिल नेपाल महिला संघ (अनेमसंघ)ले सरकार र पार्टी संरचनामा महिला सहभागीताको लागि ध्याना’कर्षण गराएको छ । तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका ओलीलाई उनकै पार्टीको महिला संगठनले संविधानले ब्यवस्था गरेको सरकार र पार्टीको सबै संरचनामा महिला प्रतिनिधित्वको लागि ध्याना’कर्षण गराएको हो ।
अनेम संघले शुक्रवार एक विज्ञप्ती जा’री गर्दै प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन समेत गरेको छ । अनेम संघका सचिव सुजिता शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, राज्यको सन्तुलित विकासका लागि हरेक संरचनामा महिलाको समानुपातिक समावेशिता अनिवार्य पूर्व’शर्त हो ।
यस सन्दर्भमा हाम्रो पार्टीले सकारात्मक भूमिका खेल्दै आएको र संविधानलाई पूर्ण रुपमा पालना गर्न प्रतिवद्द रहेको वर्तमान परिप्रेक्ष्यमा सम्मानीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन हुने मन्त्रीमण्डलमा महिलाको उचित प्रतिनिधित्व हुनेछ भन्ने हाम्रो विश्वास छ ।
साथै, पार्टीका बिभिन्न संरचनाहरुमा पनि संविधानतः महिलाहरुको उचित प्रतिनिधित्व हुँदै जाने प्रक्रियालाई सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यूको सकारात्मक ध्यान जानेछ भन्ने विश्वासका साथ पुनः बधाई ज्ञापन गर्दै अनेमसंघ सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछ ।
अनेमसंघले प्रधानमन्त्री ओलीलाई हाल विश्व’भरी फैलिर’हेको महा’मारीमा जनताको ज्या’नको सुर’क्षा गर्न र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कुरामा पनि प्रधानमन्त्रीको सकृ’यताको अपे’क्षा गरेको छ । को’रोना संक्रम’णको दोश्रो लहरबाट नेपाली जनताहरु आ’क्रान्त बनिरहेको अवस्था छ ।
यस्तो वि’षम परिस्थितिमा नेपाल सरकार को’भिड को महा’मारीबाट नागरिकहरुलाई सुरक्षित राख्न र संक्र’मित भै सकेकाहरुको सुस्वा’स्थ्यका लागि दत्त’चित्त भएर काम गरिरहेको छ । यो संक’टको सम्बोधन गर्नका लागि तथा नागरीकको जी’वन र क्षा गर्न सम्मानीय प्रधानमन्त्रीज्यूको सकृयता सदा झैं उ’च्च रहने हाम्रो विश्वास रहेको छ विज्ञप्तीमा भनिएको छ ।