सोमबार २० मंसिर २०७८

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीवि’रोधी गठबन्धन बहुमतको सरकार निर्माणमा वि’फल भएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रच’ण्डले अझै त्यसको सम्भावना औँल्याएका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनको सम्भावना अझै बाँकी रहेको औल्याउँदै एमाले नेता माधव नेपालसँग त्यतिबेला भेट हुनसक्ने बताएका हुन् ।

को’रोना भाइरस’विरुद्धको खोप’को दोस्रो डो’ज लगाउन संसद भवन पुगेका प्रच’ण्डले संविधानको धारा ७६ को उपधारा ५ मा माधवकुमार नेपालसँग फेरि भेट हुनसक्ने उनको भनाई थियो । उनले माधव नेपालले धो’का दिएको भन्न नमि’ल्ने समेत बताए । पत्रकारको जिज्ञाशामा प्रचण्डले भने,‘अहिले नै माधवजीले धो’का दिनुभयो भन्नु अलि बढी नै हुन्छ ।’ उनले फेरि एकै ठाउँमा पुगिने विश्वास समेत व्यक्त गरे ।

संविधानको धारा ७६ को उपधारा ५ मा भेट हुनसक्छ? भन्ने जिज्ञाशामा प्रचण्डले भने,‘त्यो पनि हुनसक्छ ।’ यसबाट ओली’विरोधी गठबन्धन फेरि अर्को मौकामा रणनी’तिक तयारीका साथ बढेको संकेत मिलेको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम केपी शर्मा ओली प्रधानमन्त्री बन्नबाट रो’क्ने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह वि’फल हुनुमा माधवकुमार नेपाल समूहको राजी’नामा नआउनु पनि प्रमुख कारण बनेको थियो । नेपालले यसअघि राजी’नामाको तयारी गरेर सहमति गरिसकेपनि फेरि पछि ह’टेका थिए ।

अब संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत नलिए संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढि दलको प्रतिनिधि सभाको बहुमतको दा’बी पुर्याउने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

धारा ७६ को उपधारा ५ को सरकार गठनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह एक ठाउँमा आउँदा माधव नेपाल पनि उक्त गठबन्धनमा जाने सम्भावना रहन सक्छ ।

५४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया