सोमबार १३ चैत्र २०७९

काठमाडौं/ राष्ट्रपति विद्या देवी भण्डारीबाट प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएसँगै उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पनि सपथ ग्रहण गरिएको छ । शुक्रबार शितलनिवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री र अन्य मन्त्रीहरुलाई पनि सपथ ग्रहण गराउनुभएको हो ।

उप्रधानमन्त्रीमा इश्वर पाखरेल यथावत नै रहेका छन् भने मन्त्री बन्नेहरुमा पूरानै मन्त्रीहरु रहेका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, उद्योठ वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, सहरी विकास मन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुक्त ढकाल, खानेपानी मन्त्री मणिचन्द्र थापा, कृषि तथा पशुपन्छि विकास मन्त्री पद्माकुमारी अर्याल रहेका छन् ।

त्यस्तैगरी भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेबहादुर आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ रहेका छन् ।

यसैगरी राज्यमन्त्री बन्नेहरुमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नवराज रावत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योेग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क. रहेका छन् ।

राष्ट्रपति भण्डारीले २२ जनालाई विभागीय मन्त्री र ३ जनालाई राज्यमन्त्रीको सपथ ग्रहण गराउनुभएको छ ।

बिहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उहाँले विश्वासको मत पाउनुभएन भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद वि’घटन गरी मध्यावधि चुनाव घो’षणा गर्न पाउँछन् ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमा’एपछि सबै मन्त्रीहरु पद’मुक्त भएका छन् । उनीहरुको पनि आजै पुन’र्नियुक्ति हुनेछ ।

४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया