आइतबार १२ चैत्र २०७९

काठमाडाैँ/ प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं से’वन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्क’ल्प गरिन्छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचा’उन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्ति’समेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । शरीरमा रो’ग प्रति’रोधात्मक क्ष’मता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । को’भिडको सङ्क्र’मण ती’व्र रूपमा फैलिएका बेला सातु र सर्वतले मानव शरीरमा रो’ग प्रति’रोधी क्ष-मता वृ’द्धि गर्ने आयु’र्वेदका चिकि’त्सकको भनाइ छ ।

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अ’क्षय अर्थात् कहिल्यै ना’श नहुने भएकाले आजको दिनलाई अ’क्षय तृतीया भनिएको हो, ‘शरीर’माद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको र’क्षा गर अनि मात्र धर्मको सा’धना गर भन्ने उक्तिलाई पनि यसले चरि’तार्थ गर्छ”, उहाँले भन्नुभयो ।

आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ । सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।

यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्ष’य अर्थात् कहिल्यै ना’श नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्ष’य तृतीया भनिएको हो ।

परशुराम जयन्ती

अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मनुभएको हो ।

ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदे’शमा माता रेणुकाको ह’त्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर मा’ग भनेपछि मातालाई जी’वित गरी मारे’को कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको ह’त्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको ह’त्या गर्नुभएको थियो । क्षेत्रीयमा अह’ङ्कार बढ्न थालेपछि साधुको र’क्षा गरी दुर्ज’नलाई मा’र्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उहाँले जन्म लिनुभएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । राजा कार्तवीर्यका सबै छोराहरुको ह’त्या परशुरामले नै गर्नुभ’एको थियो ।

४५० पटक हेरिएको

तपाईको प्रतिक्रिया