
काठमाडौं/ नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको स’पथ आज शुक्रबार अपरान्ह हुनेछ ।
यस अघि ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई तीन दिनभित्र दा’बी पेश गर्न आ’ह्वान गरेकी थिइन् । उक्त समय’सीमाभित्र कसैको पनि दा’बी परेको थिएन ।
वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वा’सको मत गुमा’एपछि उनी पद’मुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आ’ह्वान गरेको समय’सीमाभित्र काँग्रेस–माओवादीले वैक’ल्पिक सरकार दिन नस’केपछि ठूलो दलको हैसि’यतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । ओलीलाई शुक्रबार दिउँसो स’पथ गराउने तयारी भइरहेको छ ।
यस अघि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव प’क्षले वैक’ल्पिक सरकार गठनको निकै नै प्रयास गरेपनि त्यो सार्थक हुन सकेन । समीकरणका लागि निर्णा’यक मानिएको जसपाको महन्थ ठाकुर प’क्ष ओलीको विक’ल्पमा अर्को सरकार बनाउन रा’जी नहुनु र माधव नेपाल प’क्षले राजी’नामा नदिँदा वैक’ल्पिक सरकार गठनको सम्भावना ट रे को हो ।