शुक्रबार २२ मंसिर २०८०

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको विप’क्षमा बनेको गठवन्धन बहुमत जुटाउन नसकेपछि अस’फल भएको छ । सो गठवन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने प्रयास गरेको थियो ।

कांग्रेस पदाधिकारीहरुको सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि नेता प्रकाशशरण महतले सञ्चारकर्मीहरुलाई नयाँ सरकार गठनका लागि राष्ट्रपतिकोमा नजाने बताउनुभयो ।

सुरुदेखि नै कांग्रेस तयार भएको भएपनि अन्य दलमा सहमति नजुट्दा सम्भावना टरेको उहाँले बताउनुभयो । ‘अरु सहयोगी दलहरुको पनि निर्णयको आवश्यकता पर्दथ्यो, जसपामा पनि एक मतले निर्णय गर्ने अवस्था देखिएन र माधवजीहरुले पनि निर्णय गर्न सक्नुभएन, त्यसो हुनाले सरकारको दा’बी गर्ने अवस्था अब रहेन’, महतले भन्नुभयो ।

बहुमत जुट्न नसकेकाले सरकार गठनको दा’वी छाडिदिएको महतले बताउनुभयो । जसपाका नेता महन्थ ठाकुरले केपी ओलीको विरु’द्धमा नजाने भन्नुभएपछि नयाँ सरकार गठन हुन नसक्ने अवस्था आएको उहाँले बताउनुभयो ।

‘केपी शर्मा ओलीलाई नै समर्थन गर्ने मानसिकता महन्थ ठाकुरले देखाउनुभयो’, उहाँले भन्नुभयो । सरकार गठन गर्ने समय’सीमा सकिन दुई घन्टा करिब बाँकी रहेको बेला कांग्रेसले सत्ता दौडबाट खु’ट्टा बाहिर निका’लेको हो ।

‘एकदुई घण्टामा अचा’नक समर्थन जुट्ने अवस्था आयो भने बेग्लै कुरा हो तर अहिलेको स्थितिमा त्यो देखिएन’, महतले भन्नुभयो ।

८७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया