
काठमाडौं/ नेकपा एमालेका नेता गोकर्ण विष्टले चार नेता माथिको कार’बाही फि’र्ता लिने निर्णयलाई सकारात्मक भन्नुभएको छ । निल’म्बन फि’र्ताले संवाद र एक’ताको वातावरण तयार भएको नेता विष्टले बताउनुभयो ।
‘यो निर्णयबाट संवाद र एकताको वातावरण सकारात्मक दिशामा जाला भन्ने आशा गर्न सकिन्छ । त्यसैले यो एक हद’सम्म सकारात्मक छ’, विष्टले भन्नुभयो, ‘हाम्रो मा’ग भनेको पार्टीको पूरा प्रणाली जेठ २ मा फर्किनु पर्छ भन्ने हो, त्यसको लागि वातावरण तयार भएको छ ।’
आफूहरुको उद्देश्य सामूहिक राजी’नामा नभ’एको नेता विष्टले बताउनुभयो । ‘सामूहिक राजी’नामा हाम्रो मा’ग र उद्देश्य केही पनि होइन, हामी सुदृढ पार्टी चाहन्छौँ’, उहाँले भन्नुभयो ।
उक्त निर्णयले पार्टीलाई एकढिक्का बनाउन उ’र्जा दिने विष्टको बुझाइ छ । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनु पर्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टीबाट ६ महिनाको लागि निल’म्बन गरेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कार’बाही फि’र्ता लिने निर्णय गरेको छ ।