बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरो’नाविरुद्वको खो’प र स्वा’स्थ्य सामग्री सहयोगका लागि कुटनी’तिक पहल तीब्र गर्नुभएको छ । सोही अवसरमा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन सं’वाद भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खो’प उपल’ब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गर्नुभएको थियो । नेपालमा को’रोना भाइ’रसको ती’ब्र फैला’वट रो’क्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताउनुभयो ।

अमेरिकी खोपको नेपालमा उत्सु’कता र ती’ब्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराउनुभयो । यसैगरी, को’रोना रोक’थाम तथा नियन्त्र’णका लागि आवश्यक भेन्लि’टेलर, पी’पीई, अक्सि’जन सिलि’ण्डर, अक्सि’जन कन्से’न्ट्रेटर, मोबाइल अक्सि’जन प्लान्ट, औ’षधि, खो’प र खोप’सँग सम्ब’न्धित साम’ग्री, अस्थायी अस्प’ताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वा’स्थ्य सामग्रीहरु सहयोग गरिने जानकारी दिनुभयो । तर, के–के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने उहाँले बताउनुभयो ।

‘खो’पका बारेमा मैले पनि पहल गरिरहेको छु । टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’, उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भन्नुभयो । अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गर्नुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सीसी’एमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्या’क्स अन्तर’गतको खो’प सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । (news24 nepal बा’ट)

३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया