मंगलबार १६ आश्विन २०८०

काठमाडौं/ नेकपा एमालेमा विहिवार चमत्का’रीक रुपमा एकताका पक्ष’मा केही देखिने काम भएका छन् । विहिवार राष्ट्रपति विद्या देवी भण्डारीले दिएको नयाँ सरकारको समय सिमा सकिनै लागेको बेलामा एमालेमा चमत्का’रिक परिवर्तन भएको हो । लामो समय देखि सम्बाद’हिनताको अवस्थामा रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधव कुमार नेपालबीच विहिवार पटक पटक टेलिफोन वा’र्ता भएको छ ।

माधव प’क्षका केही स’र्त ओली मान्न तयार भएका छन् भने ओली प’क्षका केही स’र्त मान्न नेपाल पनि लचिलो बनेको बताइएको छ । नेपाल प’क्षले राख्दै आएको स’र्त पार्टीलाई जेठ ३ कै अवस्थामा फर्काउनुपर्ने कुरामा ओली सहमत भएका छन् । तर अहिले माओवादी केन्द्र छोडेर एमालेमा आएका रामबहादुर थापा बादल लगायतका नेतालाई पनि समेट्नु पर्ने ओलीको अडा’नमा नेता नेपाल लचिलो बनेको बताईएको छ ।

यहि विषयमा दुई नेताबीच सहमति जुट्न सके विहिवार नै नेपाल र वादल सहितको एमाले स्थायी कमिटी बैठक बस्ने र बाँकी विवाद रहेका विषयहरुमा पनि टुंगो लगाउन सकिने एक नेताले बताए । ओलीले माधव पक्षसहि’तको स्थायी कमिटी बैठक आजै बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ । नेपाल र बादल सहितको स्थायी कमिटी बैठक पछि तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भए पछि एमालेमा चमत्का’रिक परिव’र्तनको संकेत देखिएको हो ।

यसअघि दुवै पक्ष’का दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी कमिटीको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो ।

१२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया