आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सुचीमा राखेको छ । अमेरिकाको विदेश मन्त्रालयले नेपालमा को’रोना महा’मारी अत्या’धिक बढि’रहेको भन्दै नेपाललाई भ्रमण गर्न नहु’ने मुलुकको सुचीमा राखेको हो ।

यो सँगै अमेरिकाले नेपालमा भएका सबै आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लाने जनाएको छ । उसले विमान चाटर्ड गरेर आफ्ना नागरिकहरु सुर’क्षित रुपमा फिर्ता लैजाने तयारी पनि गरेको छ । हाल नेपालमा को’रोना संक्र’मणको उच्च जो’खिम रहेको र यो जो’खिम अझै केहि समय लम्बि’ने सम्भा’वना रहेका कारण जेजसरी भएपनि सुर’क्षित रहन आफ्ना नागरिकहरुलाई अपिल’समेत गरेको छ ।

जसका लागि नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकीहरुले नामावली दर्ता गराउने तयारी पनि गरेको छ । तर आफ्ना नागरिक लैजान भन्दै अमेरिकी दूतावासले गरेको प्रस्तावमा नेपाल सरकारले कुनै प्रतिकृया नदि’एको जनाइएको छ ।

४५० पटक हेरिएको

तपाईको प्रतिक्रिया