
काठमाडौं/ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री बन्ने इच्छा देखाएका छन् । उनको इच्छालाई डा बाबुराम भट्टराईले पनि सहयोग गरेका छन् । डा भट्टराईले मंगलवार साँझ एक ट्वीट गर्दै अब नयाँ ब्यक्तिलाई प्रधानमन्त्रीका रुपमा ल्याउनुपर्ने धारणा राखेका थिए । यो संगै नेपाली राजनीतिमा नयाँ ट्वी’ष्ट आएको छ ।
ठाकुरले कामचलाउ प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई नै समर्थन गर्दै आएका थिए । सोमवार ओलीले विश्वासको मत लिँदा उनले त’टस्थ बस्ने निर्णय गरे । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास थालेको बेला ठाकुर अप्रत्या’सित रुपमा अगाडि आएका हुन् ।
जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच यस विषयमा निर्णय गर्न भेटवार्ता सुरु भएको छ । डा. भट्टराईको निवासमा भर्खरै दुई नेताबीच छलफल सुरु भएको हो । जसपाका नेता राजकिशोर यादवले दिएको जानकारीअनुसार वैक’ल्पिक सरकारको नेतृत्व जसपाले नै लिने गरी दुई नेताबीच छलफल सुरु भएको हो ।
यसअघि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्ता लगत्तै ठाकुर र राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवासमा भेट्न पुगेका थिए । शितलनिवासको भेटवार्ता सकेर ठाकुर सिधै भट्टराई निवास पुगेका हुन् ।
आज विहान डा भट्टराईले सबै दलको सहभागितामा र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए । बाबुरामको उक्त प्रस्तावले पनि ठाकुर सरकारका नेतृत्व लिनेगरी हौसि’एका छन् ।