मंगलबार ०९ आश्विन २०८०

अहिले पछिल्लो समय जातका आधारमा वि’भेद गर्ने क्रम घट्दो अवस्थामा छ । अन्तरजातिय विवाहलाई पनि परिवार र समाजले स्वीकार गर्न लागेका छन् । हालै क्षेत्रीको छोराले राईको छोरीलाई वेहुली बनाएर ल्याए छोराका बुवाआमाले सहर्ष स्वीकार गरेका छन् । उनीहरुको यो उदाहरणले समाजलाई नै राम्रो संकेत दिएको छ ।

कतिपय समाजमा भने अन्तरजातिय सम्बन्धका कारण परिवार नै विग्रि’एका घट’ना पनि छन् । तर समाजमा राम्रा उदाहरण पनि देखिन थालेका छन् । ताप्लेजुङ जिल्लामा पाथिभरा यागंवरा गाउँपालिकमा भएको यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । युवकले साथीका माध्यमवाट युवतीको फोन नम्बर पत्ता लगाएका थिए ।

पाँच दिनमा उनीहरुबीच प्रेम भयो अनि तत्काल विवाह गर्ने निर्णयमा पुगे । छोराले राईको छोरीलाई बुहारी बनाएर ल्याउँछु भनेर आमालाई सुनाए । आमाले उफ्रि उफ्रि ल्या भन्नु भयो त्यही भएर मैले ल्याएँ, छोराले विवाह पछि भने । क्षेत्रीको छोरासँग विवाह गरेर आएकी वेहुलीलाई आफ्नो माइतीले पनि वि’दाई गरेर पठाएको बताइन् ।

मेरो माइतीमा विदा’ई भइसक्यो, अहिले क्षेत्री परिवारमा आएपछि यता फेरी उहाँहरुको परम्परा अनुसार विवाह भयो खुसी लाग्यो, वेहुलीले भनिन् । राईको छोरी ल्याउँदा सबै खुसी छन्, सबै विवाहमा रमाएका छन्, वेहुलाले भने । साथीहरु पनि विवाह खान पाए झन् खुसी छन्, उनले भने ।

आमा मनकुमारी खड्काले छोराले राईको छोरी वुहारी बनाएर ल्याए पनि आफुलाई खुसी लागेको बताइन् । छोराले बेहुली ल्याउने मेरो लागि होइन, उसकै लागि हो उनीहरु खुसी छन् भने मलाई त किन दु’खी हुनु र ? उनले भनिन्, मैले सहजै स्वीकार गरेँ, छोराले ल्याइसकेपछि अर्काकी छोरीलाई दु’ख दिन भएन ।

हेर्नु’होस् भिडियो:-

८१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया