शनिबार ३० आश्विन २०७८

काठमाडाैं/ सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको माधवकुमार नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजी’नामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो ।

आइतबार राति नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर लोकतन्त्र र पार्टी हितका लागि सांसदबाट राजी’नामा दिन तयार रहेको जनाउ दिएका थिए । सोमबार बिहान सांसदबीचको छलफलपछि भने राजीना’माबाट पछि ह’टेर संसदमा अनुप’स्थित हुने निर्णयमा पुगेको हो ।

नेपाल पक्षका सांसदको छलफल चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजी’नामा नदिन र अन्य विक’ल्प रोज्न आग्रह गर्दै पार्टीको वि’वाद संवाद गरेर मिलाउने सन्देश पठाएका थिए । बैठकमा ओलीको सन्देशबारे पनि छलफल भएको थियो ।

त्यसपछि नेपाल पक्षका सांसदले राजीनामा नदिई संसद् बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए। छलफल सकिएलगत्तै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पक्ष’का नेता घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईसँग छलफल गरेका थिए ।

उनले पार्टी एकताका लागि अझै पनि आधारहरू बाँकी रहेको, फागुन २८ गतेका निर्णयमा पुनर्विचार गर्न सकिने तथा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाको सांगठनिक संरचनाअन्तर्गत लैजान सकिने विकल्प बाँकी रहेको बताएका थिए । सांसदले राजीनामा नदिएर अन्य विकल्प रोजेमा त्यसबापत कुनै पनि कार’बाही नहुनेमा पनि उनले आश्वस्त बनाएको स्रोतको दाबी छ । यो ख’बर आ’जको नागरिक दैनि’कमा छापि’एको छ ।

१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया