
काठमाडौं/ भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालको आन्त’रिक राजनीतिक विषयलाई लिएर विवा’दास्पद अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा भाजपा नेता सुब्रमन्यमले सामाजिक सञ्जाल ट्वीटरमार्फत विवा’दास्पद अभि’व्यक्ति दिएका हुन् ।
उनले ट्वीटरमार्फत भारतको रोजाइमा केपी शर्मा ओली नै भएको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र’चण्ड प्रधानमन्त्री भएमा चीनले जि’त्ने दा’बी समेत गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रच’ण्ड प्रधानमन्त्री भएमा चीनले जि’त्नेछ ।’