शुक्रबार १२ आश्विन २०८०

काठमाडौ/ को’रोना संक्र’मण उच्च बढे’पछि सरकारले स्वा’स्थ्य संक’टकाल घोषणा गर्ने तयारी गरेको छ । सोमबार स्वास्थ्य संक’टकाल घोष’णा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी को’भिड १९ सं’कट व्यवस्था’पन केन्द्र (सिसि’एमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसि’एमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

को’रोना महा’मारी नियन्त्र’णका लागि स्वा’स्थ्य संकट’काल घोष’णा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सिसि’एमसी मार्फत मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए । उनका अनुसार प्रस्तावमा स्वा’स्थ्य संकट’काल घो’षणा गरी केही समयका लागि देशैभरि लकडा’उन गर्ने उल्लेख छ ।

‘अहिलेको स्थितिले केही क’ठोर निर्णय गर्नुपर्ने भएको छ, अन्यथा नसकिने भनेर विज्ञहरूले सुझाव दिएका छन्’, मन्त्री त्रिपाठीले भने । प्रस्ताव सोमबार साँझसम्म मन्त्रिपरिषदमा गइनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो समा’चार आ’जको नागरिक दैनि’कमा छ ।

यो पनि, नेपालमा सघाउन जापानमा को’भिड–१९ प्रतिका’र्य समिति
जापानस्थित नेपाली दूतावासले नेपालमा को’भिड–१९ को निय’न्त्रण र रोकथा’ममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभि’ड–१९ सङ्क्र’मण प्रति’कार्य तथा व्यवस्था’पन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध्यक्षतामा यही वैशाख २६ मा सम्पन्न सरोकार भएकाको बैठकले नेपालमा सहयोग गर्न गैह्रआवासीय नेपाली सङ्घ (एनआएरएन) को सहभागितामा उक्त समिति गठन गरेको हो ।

समितिको संयोजकमा भवन भट्ट, उपसंयोजकमा महेश श्रेष्ठ (कोषाध्यक्ष, एनआरएनए–आइसिसी), सदस्यमा गोविन्द श्रेष्ठ रोविन्द (एशिया प्यासिफिक संयोजक), पारसमणि पोख्रेल (एशिया प्यासिफिक उपसंयोजक) र देवीलाल भण्डारी (अध्यक्ष, एनआरएनए, जापान ) र एनआरएनए जापानका महासचिव सदस्यसचिवमा चयन हुनुभएको छ ।

समितिका अन्य सदस्यमा जापानस्थित एनआरएनए आइसिसीका निवर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, एनसिसी जापानका पूर्वाध्यक्ष, नेपाल पत्रकार महासङ्घको शाखा, यहाँस्थित विभिन्न राजनैतिक दलका भातृ संस्थाका प्रमुख र संघ संस्था प्रमुखहरु सदस्य रहनेछन् ।

समितिले जापानवासी सम्पूर्ण नेपालीलाई सक्दो सहयोग गरी नेपाललाई सहयोग पठाउने अभियानमा सहयोगी बन्न आव्हान गरेको छ । संयोजक भट्टले आफ्ना तर्फबाट यस अभियानमा १० लाख जापानी येन सहयोग गर्ने घो’षणा गर्नुभयो । एनआरएनए, जापानले तीन लाख येन, एनबिए जापानले एक लाख, मोना जापानले ५० हजार येन र दोलखा समाज, जापानले ५० हजार येन सहयोग गर्ने प्रति’बद्धता जनाएका छन् ।

८९० पटक हेरिएको

तपाईको प्रतिक्रिया