सोमबार २० मंसिर २०७८

काठमाडौं/ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प’क्षले पार्टी विभाजन भए वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सहभागी हुने बताउनु भएको छ । अध्यक्ष केपी ओलीसँगको छलफलपछि गौतमले दुई बुँदे धारणा सार्वजनिक गर्दै उक्त कुरा बताउनुभएको हो ।

गौतमको सचिवालयले नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेको हो । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएका थिए ।

‘यदि उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभा’जन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु’ गौतमको भनाइ छ ।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमले भन्नुभएकाे ‘तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभा’जन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।’

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले लेख्नुभएकाे छ

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे-

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’ यसको प्रतिउत्तरमा उपाध्यक्ष वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क. माधव नेपालहरुका सन्दर्भमा-

वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभा’जन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया