
काठमाडौं/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले रो’क्यो ? भन्दै प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेको प्रस्तावमाथि छलफलमा बोल्दै सभापति देउवाले यस्तो प्रश्न गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘संविधानले प्रधानमन्त्री ओलीलाई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको छ । देश र जनताको हितमा काम गर्न उहाँलाई कसले कहाँ रो’क्यो ? प्रति’पक्षका रुपमा हामीले रचनात्मक सहयोगी भूमिका निर्वाह गर्यौँ । आफू कार्यकारी प्रमुख हुने, अनि अरुमाथि दो’ष थोप’र्ने ?’
त्यस्तै, उहाँले अरुमाथि दो’ष र गुना’सो थो’परेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? भन्दै थप प्रश्न गर्नुभएको छ । यस सरकार गठनपछि विगत तीन वर्षको समयलाई मूल्याङ्कन गर्दा केपी ओलीको सरकार पूर्ण अस’फल भएको उहाँको दा’बी छ ।
‘के हामीले बलि’दानबाट स्थापित गरेको लोकतन्त्र र संविधान बमोजिम मुलुक चलिरहेको छ त ?’उहाँले प्रश्न गर्नुभयो, ‘के हाम्रो राजनीतिक गतिविधिहरु लोकतान्त्रिक मूल्य मान्यतामा उच्च चारि’त्रिक नै’तिक धरातलमा उभिएको छ ? के देश नेपाली जनताका हितमा केन्द्रित छ ? के आज सरकार सञ्चालनको जिम्मा लिएकाहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान सुरक्षित छ ?’
वर्तमान समयमा उठिरहेका विभिन्न सम’स्याबाट आफूहरु भा’ग्न नपाउने बताउँदै उहाँले फेरि भन्नुभयो, ‘संविधान निर्माण भइसकेपछिको पहिलो संसदीय निर्वाचनमा तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठबन्धनले झन्डै दुई तिहाई बहुमत प्राप्त गरेर यो सरकार गठन भएको हो । आज तीन वर्षमै प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको छ ।’
उहाँले फेरि प्रश्न गर्नुभयो, ‘यसको लागि को जिम्मेवार छ ? यो परिस्थितिको लागि प्रधानमन्त्री स्वयं जिम्मेवार हुनुहुन्छ । संविधानले प्रधानमन्त्रीलाई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको छ ।’