
काठमाडौं/ नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी एकता बचा’उन सांसद पदबाट राजी’नामा नदिने निर्णय गरेको बताउनु भएको छ । सोमबार सिंहदरबारमा ओली समूहका विष्णु पौडेलसँग छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी एकता बचा’उन सांसदबाट राजी’नामा नदिएको बताउनुभएको हो ।
पाैडेलसँग संसदमा एकताबद्ध ढंगले कसरी प्रस्तुत हुने र पार्टीमा सम्पूर्ण एकतालाई कसरी कायम गर्नेबारे छलफल भएकाे उहाँले जानकारी दिनुभयाे । ‘संसदमा एकताबद्ध ढंगले कसरी प्रस्तुत हुने र पार्टीमा सम्पूर्ण एकतालाई कसरी कायम गर्ने ? यी नै दुई वटा विषयमा हाम्रो छलफल भइरहेकाे छ’, उहाँले भन्नुभयो, ‘छलफलहरु सकारात्मक नै भएका छन्, हामी आसा गर्छौैँ अझै पनि समय छ, सबैले एमालेको एकता नै चाहेका छन् ।’
तपाईंहरु हिजो चाहिँ राजीनामा दिनेमा हुनुहुन्थ्यो, फेरि कसरी राजीनामा नदि’नेबाट कसरी हट्नुभयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता भट्टराईले भन्नुभयो, ‘पार्टीको एक’तालाई बचा’उन सहयोग गर्छ भनेर हामी अनुप’स्थित हुने निर्णय गरेका हौँ, अरु कुनै दाउपेज छैन हाम्रो, एकता बचाउने हो ।’
नेपाल समूहले सामुहिक राजीनमा दिने तयारी गरेको थियो । तर सोमबार सिहंदरबारमा बसेको बैठकले राजी’नामा नदिई संसदमा अनुप’स्थित रहने निर्णय गरेको छ । त्यसलगत्तै एमालेको माधव नेपाल समूहका तीन प्रभा’वशाली नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, गोकर्ण विष्ट र ओली प’क्षका विष्णु पौडेलबीच छलफल भएको थियो ।