मंगलबार ०९ आश्विन २०८०

काठमाडौं/ सोमवार हुने संसद बैठकमा नेकपा एमालेको माधव नेपाल समुहले उपस्थित नहुने निर्णय गरेको छ । तर एमाले पार्टीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतका लागि अनिवार्य उपस्थित हुन र विश्वासको मत दिन ह्वी’प जारी गरेको छ । पाार्टी ह्वी’पविरु’द्ध गए कार’वाही गर्ने चेता’वनी पार्टीका प्रमुख सचे’तकले दिइसकेका छन् ।

पार्टी ह्वी’प न’माने कार’वाहीमा पर्ने आँकलन नेपाल समुहले पनि लगाएको छ । तर कार’वाही भो’ग्न तयार भएरै नेपाल समुहले सोमवारको संसद बैठकमा उपस्थित नहु’ने निर्ण’य लिएको नेता भिम रावलले जनाएका छन् ।

एमाले पक्षका सांसदहरुको बैठक पछि जानकारी दिने क्रममा उनले सामुहिक राजि’नामा आत्म’घाती हुने भएकाले संसदमै उपस्थित न’हुने निर्णय गरिएको बताए ।

यदि आफुहरुलाई कार’वाही गरिए नयाँ पार्टी गठन गर्ने योजना नेपाल समुहले बनाएको छ । सकेसम्म पार्टी भित्रै रहेर अन्तर संघ’र्ष गर्ने यदि पार्टीले नि’काले अर्को पार्टी गठन गर्ने निष्क’र्षमा नेपाल समुह पुगेको छ । नेपाल समूहका सांसद मेटमणि चौधरीले पार्टी अध्यक्ष ओलीले कार’वाही गरे अ’लग्गै पार्टी बनाउने बताएका छन् ।

आइतवार माधवकुमार नेपालसँग कुरा गर्न ओलीको दु’त बनेर विष्णु पौडेल र सुवास नेम्वाङ पुगेका थिए । त्यती बेला पनि नेपालले आफुहरुलाई का’रवाही भए नयाँ दल खोल्ने सन्देश ओलीलाई पठाएका थिए ।

८५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया