
काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । संयोग यस्तो परेको छ की आफ्नो विवाहको वार्षीकउत्सवमा खुसी साट्न साथीभाई बोलाएर रमाइलो वातावरणमा रहेकै बेलामा उनलाई शंखमुलस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको छ ।
‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगेको थियो । विहिवार विहानै देखि सादा पोशाकका प्रहरीले उनको घर घेरेको थियो । वैवाहिक वर्षगाँठको अवसरमा रामकुमारीले बिहानै एक पोस्ट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। उनले लेखेकी थिइन्,
आज माघ २९, सोचे जस्तो हुन्न जीवन भन्ने थाहा छ तिमी आयौँ जिन्दगीमा यसै आहा छ !
झाँक्रीले यो खुसी साट्न नपाउँदै सरकारले उनलाई एनिभर्सरी गिफ्टका रूपमा पक्राउ गर्न प्रहरी पठाएको थियो। पक्राउ पछि प्रहरीले उनलाई अहिले मिनभवन लगेको छ । उनले प्रहरी हिरासतमा पुगेपछि फेरी एक स्टाटस लेखेकी छन् । उनले यो अन्तिम लडाई हो भन्दै आफ्ना समर्थकलाई धैर्य गर्न आग्रह गरेकी छन् ।