
काठमाडौं/ प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधव कुमार नेपाल समूहले थप १३ घण्टाको समय दिएको छ । पार्टी एक हुनका लागि शनिबार प्रधानमनन्त्री ओलीलाई नेपाल समुहले २४ घण्टाको अल्टि’मेटम दिएको थियो ।
नेपाल समुहले सहमतिका लागि ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कनु पर्ने अ’डान राख्दै आएको छ । तर शनिबार नेपालले दिएको अल्टि’मेटम भित्र पनि प्रधानमन्त्री ओली ०७५ जेठ २ मा फर्कने अवस्थामा नआए’पछि थप १३ घण्टाको समय दिएको नेपाल समूहका एक नेताले बताउनु भयो ।
उहाँले सोमबार बिहान ९ बजेसम्मको समय थपिएको बताउनु भयो । प्रधानमन्त्री ओलीे बैशाख २७ अर्था भोलि संसदमा विश्वा’सको म’त लिँदै हुुनुहुन्छ । तर उहाँलाई आफ्नै पार्टी नेकपा एमालेका पूरै सांसदहरुको साथ छैन । उहाँले नेपाल समुहलाई आफ्नो प’क्षमा ल्याउन अनेक प्रयत्न गरिरहनु भएको छ ।
आइतबार दिउँसो पनि नेता नेपालसँग छलफल गर्न सिंहदरबारमा नेताद्वय सुवास नेम्वाङ र विष्णु पौडेललाई पठाउनु भएको थियो । तर सो बैठक निष्कर्ष’विहीन सकिएको थियो ।