शनिबार ३० आश्विन २०७८

काठमाडौं/ नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरु संघीय संसद सचिवालय सिंहदरबारमा भेला भएको खबर सुनेपछि अध्यक्ष केपी शर्मा ओली समूहका दुई नेता सिंहदरबार पुगेका छन् ।

पार्टीबाट राजी’नामा दिने सूचना पाएसँगै ओली समूहका नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ आइतबार वरिष्ठ नेता नेपाललाई भेट्न सिंहदरबार पुगेका हुन् ।

हाल ओली र नेपाल समूहका नेताहरुबीच सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वा’र्ता भइरहेको छ । उक्त वा’र्तालाई एमाले जोगा’उने अ’न्तिम वा’र्ताका रुपमा पनि लिइएको छ ।

वा’र्तामा नेपाल–खनाल समूहबाट नेता नेपाल, योगेश भट्टराई मेटमणी चौधरीलगायत रहेका छन् भने ओली समूहबाट अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन् ।

समाचार स्रोतका अनुसार पार्टीलाई २ जेठ २०७५ को अबस्थामा फर्काए प्रधानमन्त्री ओलीलाई विश्वा’सको मत दिने र एमालेमै फर्किने नेता नेपाल समूहको अ’डान रहेको छ । तर, पार्टीलाई जेठ २ कै अवस्थामा नफ’र्काए विक’ल्प खोजिने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने नेता नेपाल समूहले भनेको छ । (news24 nepal बा’ट)

२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया