
काठमाडौं/ चैत १० देखि पदाधिकारी’विहीन लोक सेवा आयोगको अध्यक्षमा डेढ महिनापछि पूर्वसचिव माधवप्रसाद रेग्मीलाई जिम्मेवारी दिइएको छ । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले आयोगको अध्यक्षमा रेग्मीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विप’क्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिस गरिएको छ । झापा जिल्लाका रेग्मी केही समयअघि सर्वोच्च अदालतमा न्याया’धीश बनेका कुमार रेग्मीको सहोदर दाइ पनि हुन् ।
कुमारकै इज’लासले नेकपा फु’टेर पूर्ववत् रुपमा एमाले, माओवादी बनेको थियो । त्यही गुन तिर्न प्रधानमन्त्री ओलीले उनका दाइलाई आयोगको अध्यक्ष बनाएको चर्चा रहेको छ ।
त्यस्तै, रेग्मी पनि झापाली, प्रधानमन्त्री केपी शर्मा ओली पनि झापाली भएका कारण उनलाई सजिलै आयोगको अध्यक्ष बनाइएको बताइन्छ ।
झापाली सन्दर्भमा एउटा उदाहरण पनि हेरौँ– केही समयअघि नेपाल राष्ट्र बैंकमा सरकारले दुई जना डेपुटी गभर्नर नियुक्त गर्यो । मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई नियुक्ति गरिएको छ । उनीहरु दुवै प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापाका हुन् ।
आयोगको अध्यक्ष बन्ने दौ’डमा पूर्वसचिवद्धय केदार बहादुर अधिकारी, चन्द्र घिमिरे, सचिव विश्वनाथ ओली, सचिव गजेन्द्र ठाकुरलगायत रहेका थिए ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झा १० चैत्रदेखि सेवा निवृत्त भएका थिए ।