मंगलबार १६ आश्विन २०८०

काठमाडौ/ डिभी लोटरी २०२२ को नतिजा सार्व’जनिक भएको छ । शनिबार राति ९:४५ बजे लोटरीको नतिजा सार्व’जनिक भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफे’यर्सले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले वार्षिकरुपमा संचालन गर्ने यो कार्यक्रममा यो वर्षका लागि गत अक्टोबर ७ देखि नोभेम्बर १० सम्म आवे’दन खुलाइएको थियो ।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा अमेरिकाले उपलब्ध गराउने जनाएको छ । नतिजा हेर्न आवे’दन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुन सफल आवे’दकलाई त्यसपछिको प्रक्रि’याबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँ’दैनन् । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नतिजा हेर्न यहाँ थिच्नुहोस् :-

१३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया