आइतबार ०७ आश्विन २०८०

प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।

जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । आकर्षण कम या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, स्थायी उत्साह, आनन्द र खुशी भने मिल्दैन । प्रेम अनन्त हुन्छ । तपाई प्रेमको जति नजिक जानुहुन्छ, त्यती नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्ने विरलै भेटिन्छन् ।

बच्चा जव आफ्नो आमाको गर्भबाट बाहिर आउँछ । उसको लागि प्रेमको अर्थ आमा हुन्छ । एक प्रेमीको लागि उसको प्रेमिका हुन्छ । उदाहरणको लगि लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन आदि ।

प्रेम दुःखदायी पनि हुन सक्छ । किनकी, प्रेम प्राप्त गर्नको लागि केही गुमाउनु पनि पर्छ । बदलामा केहि नपाइकन केहि गुमाउनुमा केहि कष्ट हुँदैन् भने यसको मतलव तपाईको ऊप्रति सच्चा प्रेम हो । निश्चल, निष्कपट त्या’गको विना तपाई प्रेमलाई बुझन सक्नुुहुन्न ।

प्रेम अनमोल हुन्छ । तर, निःशुल्क पाइन्छ । तपाईले तय गर्न सक्नुहुन्न, प्रेम कहिले, कहाँ र कति बेला हुन्छ । प्रेम न त बेच्न सकिन्छ न किन्न । कसैले पनि कसैलाई प्रेम गर्न बाध्य पार्न सकिदैन । प्रेम एक सर्वशक्ति’शाली अनुभुति हो । आफ्नो भावनाको प्रकट गर्नको लागि यसको उपयोग या दुरुप’योग पनि गर्न सक्छन् ।

हरेक पुरुषलाई आफूसँग कुनै स्त्री आकर्षित हुन्छे कि हुन्ने भन्ने चासो र चिन्ता हुन्छ । तपाइँ कुनै केटीले तपाइँलाई मन पराउँछे कि मन पराउँदिन भन्ने जान्न चाहनु हुन्छ भने यी कुरा विचार गर्नुस् ।

१. कुनै पनि केटीले तपाइँलाई मन पराउँछे भने उसले तपाइसँग बोल्दा आफ्नो कपाल टो’क्ने गर्छे । आफ्नो कपाल चलाउँदै कुनै युवती तपाइँसँग बोल्छे वा बोल्दा कपाल चलाइरहन्छे भने बुझ्नुस् उसले तपाइँलाई मन पराउँछे र तपाइँको ध्यान खिच्न चाहन्छे ।

२. यदि कुनै केटीले तपाइँसँग घुमफिर गर्न वा समय विताउन तयार हुन्छे भने बुझ्नुस् उसले तपाइँलाई मन पराउँछे । यो साथीको रुपमा होस् वा प्रेमकै रुपमा ।

३. यदि तपाइँसँग कुनै केटीले आँखा जुधाएर कुरा गर्छे भने बुझ्नुस् उ तपाइँसँग नजिक हुन र कुरा सुन्न चाहन्छे । तर आँखा अन्तै राखेर कुरा गर्ने केटीले या त तपाइँको कुरा मन पराएका छैनन् या उनीहरु तपाइँसँग नजिक अनुभव गर्दैनन् भन्ने बुझाउँछ ।

४. केटीहरु त्यस्ता केटासँग कुरा गरेर समय ब’र्वाद गर्दैनन् जो उनीहरुलाई मन पर्दैनन् । तपाइँसँग कुरा गर्न इच्छुक केटीले तपाइँलाई म पराइरहेकी पनि हुन्छे ।

५. कति कति बेला केटीहरु अली चर्को स्वरमा केटासँग कुरा गर्छन् । यसो गर्नु सँधै रि’साएको मात्र होइन कहिलेकाँहि खुसी नै रहेको तर प्रेम बुझाउनका लागि पनि गर्छन् । तपाइँको कुरा मन पराउने केटीले मात्र तपाइँसँग च’र्को स्वरमा कुरा गर्छन् ।

६. तपाइँलाई मन पराउने युवती तपाइँसँग हुँदा हाँसी खुसी देखिन्छन् । उनीहरुले तपाइँसँग रहेको समय हाँसी खुसीमै वि’तेको देखाउन पनि चाहन्छन् । तर बाटोमा कुनै केटीले हाँस्दैमा भने यसको अर्थ त्यस्तो लाग्दैन ।

७. तपाइँसँग भेट्न आउँदा चिटिक्क परेर वा बनेर आउने केटी पनि तपाइँलाई प्रभाव छो’ड्न चाहेको बुझ्नुस् । अरुबेला वास्ता नगर्ने तर तपाइँलाई भेट्न आउँदा भने सम्हालिने केटीले तपाइँलाई मन पराउँछिन् ।

८३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया