
माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डाले डि’भोर्स गरे । अर्बपति दम्पत्तिले विवाहको २७ वर्षपछि छु’ट्टिने निर्णय गरेका हुन् । जीवनको आउँदा दिनहरुमा एकैसाथ अब अगाडि बढ्न न’सक्ने भन्दै उनीहरुले सम्बन्धको अ’न्त्य गर्ने घोष’णा गरेका छन् । सामाजिक संजालमार्फत यी दुबैले यस्तो घो’षणा गरेका गरेपछि अहिले विश्वमा यो समाचार हरेक मिडियाले छापेका छन् ।
उनीहरुको डि’भोर्स भएपनि यद्यपी उनीहरु परोपकारी कार्यका लागि आफ्नो संस्थामा साथसाथै काम गर्ने भएका छन् । बिल र मेलिन्डा गेट्सले धेरै सोचविचार र एकआपसमा कुराकानीपछि आफ्नाे सम्बन्धको अ’न्त्य गर्ने निर्णय लिएको बताएका थिए ।
केहि दिनअघि डिभो’र्सको घोषणा गरेका माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २.४ अर्ब डलर बराबरको सेयर ट्रान्सफर गरिसकेका छन् ।
वैवाहिक सम्बन्ध अ’न्त्य गरेको घो’षणा गरेकै दिन सेयर पनि मेलिन्डाको नाममा ट्रान्सफर भएको हो । आफ्नो नाममा सेयर आएपछि मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर भएकी छन् ।
कोकोकाला फेस्मा भएको उनको ४.९ प्रतिशत सेयरको मूल्य बुधबार १२१ मिलियन डलर पुगेको छ भने टेलिभेसिया एसएको ६.७ प्रतिशत सेयरको मूल्य ३८६ मिलयन डलर पुगेको छ । बिल गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको पनि केही सेयर मेलिन्डाको नाममा ट्रान्सफर गरेका हुन् । यो समाचार पनि अहिले विश्वमा निकै चर्चामा रहेको छ ।
कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन् । फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । बिल र मेलिन्डाले डिभो’र्सको मु’द्दा हाल्नुअघि नै सम्पत्ति बाँड्ने सम्झौ’ता गरेको समाचारमा उल्लेख छ ।
सन् २०१९ मा नेटफ्लिक्समा रिलिज भएको ‘इनसाइड बिल्स ब्रेन’ सिरिजमा बिल गेट्सका नीजि जीवनबारे धेरै कुरा देखाइएको छ । उक्त डकुमेन्ट्रीका अनुसार मेलिन्डाले सन् १९८७ मा प्रोजेक्ट म्यानेजरको रुपमा माइक्रोसफ्ट जोइन गरेकी थिइन् । एक बिजनेस डिनरका बेला पहिलो पटक बिलको भेट मेलिन्डासँग भयो र दुबैको निकटता बढ्न थाल्यो ।
सुरुमा बिल र मेलिन्डा आफ्नो सम्बन्धको विषयमा गम्भी’र थिएनन् । डकुमेन्ट्रीको एउटा भागमा बिल भन्छन्, ‘उनका अरु पनि प्रेमी थिए र मसँग माइक्रोसफ्ट थियो । हामी दुईजना एक–अर्काको विषयमा गम्भीर थिएनौं न नै एक–अर्कासँग समय बिताउन चाहन्थ्यौं । ’यद्यपि, एक वर्षको भेटघाटपछि उनीहरुको कहानी फेरियो ।
एकदिन बिलले अचानक मेलिन्डालाई ‘आई लभ यू’ भनिदिए । मेलिन्डाले पनि बिलसँग आफ्नो प्रेम व्यक्त गरिन् । बिलले भने, ‘हामी एक–अर्काको असाध्यै हेर’विचार गर्दथ्यौं र हामीसँग दुईवटा मात्रै सम्भावना थिए । कि त ब्रेकअप गर्ने कि विवाह । ’ डकुमेन्ट्रीमा मेलिन्डा हाँस्दै भन्छिन्, ‘उनले एउटा निर्णय लिनुपर्ने नै थियो । एकदिन म बिलको कोठामा गएँ जहाँ उनी आफ्नो ह्वाइटबोर्डमा विवाह गर्दाका फाइदा र हानी’बारे एउटा सूची तयार पारिरहेका थिए ।’
यसै क्रममा एक चिनियाँ महिलाको नाम यो सम्बन्ध’विच्छेदको विषयमा तानिएको छ । केही अनलाइन रिपोर्टमा यी महिला बिल मेलिन्डाको सम्बन्ध’विच्छेदको कारण भएको दा’वी गरिएको छ । कैयौं अनलाइन रिपोर्टमा बिल गेट्स र यी चिनियाँ महिला झे शेली वांगको सम्बन्ध रहेको दावी गरिएको छ ।
वांग ३६ वर्षकी छिन् । उनी चीनबाट अमेरिका गएकी हुन् । उनी अहिले सिएटलमा बस्छिन् र उनले बिहे गरेकी छैनन् । डेलीमेलका अनुसार उनी व्यवसायिक अनुवादक हुन् र उनी बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको लागि काम गर्छिन् । रिपोर्टका अनुसार उनले गेट्स फाउन्डेसनको लागि फ्रिलान्सको रुपमा काम गरेकी हुन् ।
मैले उनी अरुको विवाहित जीवनमा ख ल ल पार्ने प्रयास गर्छिन् भन्ने विश्वास गर्न सक्दिन । वांगले भने यी सबै हल्लाको खण्ड’न गरेकी छिन् । उनले चीनको लोकप्रिय सामाजिक संजाल वाइबोमा लेखेकी छिन् ‘मलाई लागेको थियो कि यी हल्लाहरु आफैं हराउनेछन् किनकि यी हल्लाहरु आधा’रहीन छन् ।
तर, मलाई थाहा थिएन कि यी हल्ला यति धेरै बढ्नेछन् । म ती सबैलाई आभार व्यक्त गर्न चाहन्छु जसले यो कठिन समयमा मलाई साथ दिनुभयो र यी हल्ला हटाउन मलाई सहयोग गर्नुभयो ।’ (एजेन्सीको सहयोगमा)