आइतबार ०७ आश्विन २०८०

काठमाडौँ/ कोरोना भाइरस सङ्क्र’मणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सि’जनको अभा’व भइरहेका बेला स्थानीय तह आफैले अक्सि’जन उत्पादन गर्न अग्रसर हुन थालेका छन् ।

अक्सि’जनको अभा’वमा कतिपय अस्पतालमा बिरामी छटपटा’इरहेको र कतिको ज्या’नै जा’न थालेपछि स्थानीय तह आफैले अक्सि’जन प्लान्ट सञ्चालनको तयारी गर्न थालेका हुन् ।

आ-आफ्नो पालिकाभित्र भएका ठूला प्रकृतिका अस्पताल’सँग सहकार्य गरेर स्थानीय तहले अक्सि’जन प्लान्ट सञ्चालन गर्न लागेका हुन् । अहिले उपत्यका काठमाडौँ, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका छन् ।

काठमाडौँ महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृद’य रो’ग केन्द्र अस्प’तालमा अक्सि’जन प्लान्ट स्थापना गरी अक्सि’जन उत्पादन गर्न थालिसकिएको छ । काठमाडौँ महानगरपालिकाको दुई करोड ७५ लाख रुपियाँ लागतमा अक्सि’जन प्लान्टको स्थापना गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त अक्सि’जन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सि’जन उत्पादन गर्न सक्ने क्षमता रहेकोे छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सि’जन खप’त हुन्छ ।

बाँकी अक्सि’जन भरेर अन्यत्र पठाउन सकिने गरी अक्सि’जन प्लान्ट स्थापना गरिएको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । यो ख’बर आज’को गोर’खापत्र दैनि’कमा छापि’एको छ ।

४८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया