शनिबार ११ चैत्र २०७९

काठमाडौँ/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनि’यमितता भएको जनाएको छ ।

पछिल्लो पटक अस्पतालमा शय्याको अ’भाव र मुल्यको अनिय’मितता लगायत विषयमा विभागमा आएका गुना’सोका आधारमा विभागको नेतृत्वमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रह’रीको सहयोगमा उपत्यकाका ठूला अस्पतालको अनुगमन गर्दा यस्तो पाइएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले सेवाग्राहीको गुना’सोका आधारमा अस्पतालबाट पाइने उपलब्ध सेवा, लिने शुल्कलगायतमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार मिनभवनमा रहेको सिभिल अस्पताल, चाबहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनु’गमन गरिएको हो ।

यसअघिका दिनमा विभागले कोभिडमा केन्द्रित भएर उपचार गरिरहेका अस्पतालको अनुगमन गर्दै आएको छ । निर्देशक सेढाईंले अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पताललाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको बताउनुभयो । यो ख’बर आ’जको गोर’खापत्र दैनि’कमा छापि’एको छ ।

७०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया