आइतबार ०७ आश्विन २०८०

काठमाडौँ/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन अस’फल बनाउने समझदारी भएको छ । उनीहरूले ओली नेतृत्व सरकारको वि’कल्प खोज्ने सहमति सहित त्यसका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन् ।

ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रियाअनुसार नै मुलुक निर्वाचनमा जानसक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दा’बी छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल देउवालाई भेट्न शुक्रबार उनकै निवास पुगेका थिए ।

ओली विश्वासको मत लिनभन्दा पनि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त हुने रणनीतिमा रहेको विषयमा समेत दुई नेताबीच कुरा भएको स्रोतको दा’बी छ ।

त्यही अनुसार लुम्बिनी प्रदेशमा ट्रायल गरेको विश्लेषण भइरहेका बेला जनता समाजवादी पार्टीको समर्थन पाउने अवस्थामा ओलीले प्रधानमन्त्रीमा आफूलाई पुनर्नियुक्ति गरेर दुई वर्षका लागि पद सुनिश्चित गर्ने रणनीतिमा रहेको कांग्रेस नेताहरूको बुझाइ छ । यो खबर आ’जको नागरिक दैनि’कमा छापि’एको छ ।

२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया