
काठमाडौ/ नेपालमा गएको २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४८२ को परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्र’मण पुष्टि भएको हो ।
१९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्र’मण पुष्टि भएको हो । आज ५० जनाको ज्या’न गएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइ’रसका कार’ण मृ’त्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ । यस्तै, आज २ हजार ९ सय ५ जना संक्रमण’मुक्त भएर घर फर्किएका छन् ।
पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा चार हजार १०६ सङ्क्र’मित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा तीन हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना गरी चार हजार १०६ नयाँ सङ्क्र’मितको पहिचान गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्र’मितसँगै काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय सङ्क्र’मित पुगेका छन् । काठमाडौंमा हाल २५ हजार ९४०, ललितपुरमा पाँच हजार ४२९, र भक्तपुरमा तीन हजार २५२ जना सङ्क्र’मित छन् ।
उपत्यकामा भएका सक्रिय सङ्क्र’मितको सङ्ख्या देशभरि भएका सङ्क्र’मितको कुल सङ्ख्याको ४४ प्रतिशत हो । राजधानी उपत्यकामा अहिलेसम्म १,२१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृ’त्यु भएको सरकारी तथ्या’ङ्क छ । जस अनुसार काठमाडौंमा : ८१४, भक्तपुरः १६८, ललितपुरः २३२ मृ’त्यु भएको छ ।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने ?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा श’य्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वा’स्थ्य मन्त्रालयले सुझाव दिएको छ – ११३३ / ९८५१२५५८३९ / ९८५१२५५८३७ / एम्बु’लेन्स सेवाको लागि १०२, यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ ।
हाल २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्र’मित रहेका छन् । वाग्मती प्रदेशका आठ, लुम्बिनी प्रदेशमा छ, प्रदेश नं १ का तीन र अन्य चार प्रदेशका एक-एक जिल्लामा अहिले उ’च्च सङ्ख्यामा सक्रिय सङ्क्र’मित रहेका हुन् ।
थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्र’मित रहेका छन् । शुक्रवार पुष्टि भएको सङ्क्र’मितहरूमध्ये २०४ जना १० वर्षभन्दा मुनिका, ६०० जना १० देखि १९ वर्षका र ४,४०१ जना २० देखि ३९ वर्षका छन् ।
त्यस्तै ४० देखि ४९ वर्षका १,५७३, ५० देखि ५९ वर्षका १,१९९ र ७० वर्षभन्दा माथिका ३६६ जनामा सङ्क्र’मण पुष्टि भएको हो ।