
एजेन्सी/ कोरोना भाइरस विरुद्ध’को खोपलाई वौद्धिक सम्पती अधिकारको दायरामा नराख्ने अमेरिकी प्रस्तावको जर्मनीले वि’रोध गरेको छ । खोपलाई वौद्धिक सम्पती अधिकारको दायरामा नराख्ने प्रस्तावमा अमेरिकाले आफ्नो समर्थन रहने जनाएको थियो ।
तर, जर्मनीले भने वौद्धिक सम्पती अधिकार अन्वेषण वा वैज्ञानिक खोजीको स्रोत रहेकाले त्यो कायम रहनुपर्ने मत राखेको छ । युरोपियन युनियनले भने यसबारे वा’र्ता गर्न तयार रहेको यसअघि नै बताएको थियो ।
विश्व व्यापार संगठनले खोपको उत्पादन बढाउन र महा’मारी नियन्त्र’णका लागि बौद्धिक सम्पती सम्बन्धी सुरक्षा’त्मक प्रावधानमा छु’ट दिनुपर्ने अभियान चलाएको छ । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकाले बताएपछि जर्मनीले विरोध गरेको हो ।
भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको हो । यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाइ छ । तर औषधि उत्पादकहरुले भने यसबाट सोचिएजस्तो प्रभाव पर्नेमा शं’का रहेको बताएका छन् ।
भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोपलाई बौद्धिक सम्पती अधिकार मु’क्त बनाएर सबैलाई उत्पादन अधिकार दिनुपर्ने माग गरिरहेका झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् ।
खोपको वौद्धिक सम्पती अधिकारमा छु’ट दिइदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरि’ब देशहरुमा खोप सस्तोमा उपलब्ध गराउन सकिने सो पक्ष’धरको भनाइ छ ।