आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ सुदूरपश्चिमममा कोरोना भाइरसको संक्र’मण दर तीव्र गतिमा फैलने र यसले भया’वह रु’प लिने संकेत देखिएको छ ।

विश्व’व्यापी महा’मारीको रुपमा फैलिएको नयाँ भेरिय’न्टको संक्र’मण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवासीहरु अहिले धमा’धम घर फर्किरहेका छन् ।

भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सिधै आआफ्नो घर गइरहेका छन् । उनीहरुको व्यवस्था’पनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन ।

भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टा’इनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका हुन् ।

तर, घरमा छुट्टै बस्नुपर्ने भनिए पनि सुदूरपश्चिमका ग्रामीण भेगका घरमा एक वा दुई कोठा मात्रै हुने भएकाले सबै सँगै बस्नुपर्ने बाध्य’ता हुन्छ । ट्वाइलेट र धारा समेत संयु’क्त प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यसैले भारतबाट आएका व्यक्तिलाई कोरोना भाइरस देखिए सबै परिवारलाई सजिलै संक्र’मण हुने देखिन्छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया