
विराटनगर/ कोरोना संक्र’मितको संख्या दिनहुँ बढ्न थालेपछि जो’खिम न्यूनी’करणका लागि मोरङ प्रशासनले वैशाख २४ गतेदेखि जिल्लाभर जेठ १ गतेसम्मका लागि निषे’धाज्ञा लागू निर्णय गरेको छ ।
विहीबार जिल्ला प्रशा’सन कार्यालय मोरङमा बसेको जिल्ला को’भिड सं’कट व्यवस्था’पन समितिको बैठकले एक साताको लागि मोरङमा २४ गते राति १२ बजेदेखि लागू हुनेगरी अल्प’कालीन निषे’धाज्ञा जा’री गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।
यसअघि मोरङको विराटनगर महानगरपालिका, बुढिगंगा गाँउपालिका, जहदा गाँउपालिका र कटहरी गाँउपालिकाका केही वडाहरुमा मात्र निषे’धाज्ञा जारी गरिएको थियो ।
सो बैठकले को’भिड–१९ को दोश्रो लह’रलाई निय’न्त्रण गर्न प्रत्येक स्थानीय तहमा १५ वे’ड वा सो भन्दा बढी बे’ड भएको १–१ वटा अस्प’ताल तथा आइसो’लेशन स्थापना गर्ने निर्णय समेत गरेको छ ।
अस्प’ताल तथा आइ’सोलेसन सेन्टरमा डाक्टर, नर्स र अहेव सहितको टि’म तथा एन्टि’जेन र अक्सि’जन सहितको व्यव’स्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।
निषे’धाज्ञा अवधि’भर औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्या’वश्यक वस्तु तथा सेवाहरु खरिद गर्न बाहेक अना’वश्यक घरबाट बाहिर ननि’स्कन आ’व्हान गरिएको छ ।
खाद्यवस्तु, खाना पकाउने इन्धन, तरकारी, डेरी सम्बन्धी पसल र निर्माण सामग्रीका पसल बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । सवारी साधनको हकमा पासको व्यव’स्थापन नगरि’एको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।