
काठमाडौँ/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमि’सनमा कुरा नमि’ल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नब’ढेको विवा’द सतहमा आएको छ ।
खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्टले कमि’सन माग गरेर प्रक्रिया नै अघि बढ्न नदि’एको मन्त्रालयको दा’बी छ ।
‘खोप खरिदमा बिचौ’लियाले १० प्रतिशत कमिसन लिन खोजे, बिचौ’लियाको सक्रि’यताका कारण २७ दिनसम्म अप्ठ्या’रोमा परियो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हि’माल खबर’सँगको अन्तर्वार्तामा भनेका छन्, ‘यो २७ दिन यति निर्णा’यक भयो, यही बीचमा भारतमा ह्वा’त्तै संक्र’मण बढ्न थाल्यो ।
त्यही कारण ५० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढ्न सकेन ।’ खोप खरिद रोकिए’लगत्तै मन्त्रीले सीमित सञ्चारकर्मीसँग एजेन्टको स्वा’र्थ पूरा गर्न नसकिएको बताएका थिए ।
‘नेपाली जनतामाथि अन्या’य गर्ने यस्ता बिचौ’लिया पनि देखियो, जसले गर्दा खोप ल्याउन सहज भएन,’ सञ्चारकर्मीसँग त्रिपाठीले भनेका थिए । कमि’सनकै कारण खोप ल्याउन नदिन बिचौ’लियाहरू सफल भएको मन्त्रालयको बुझाइ छ ।
सिरमको नेपाली एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रा लि हो । हुकाम विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतुसिंह वैद्यका नाममा छ । उनीहरूले खोप खरिद गर्दा १० प्रतिशत कमि’सन मागेको मन्त्रालयको दा’बी छ ।
फागुन ४ को मन्त्रिपरिषद् बैठकले एक डोजको ४ अमेरिकी डलरका दरले २० लाख खोप खरिद गर्न ८० प्रतिशत रकम भुक्तानी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार फागुन ९ मा १० लाख डोज खोप आयो ।
अझै १० लाख डोज आउन बाँकी छ । १० लाख डोज आएपछि मन्त्रालयले ५० लाख डोज खोप खरिदको प्रस्ताव सिरमलाई पठाएको थियो । यो खबर आ’जको कान्ति’पुर दैनि’कमा छापि’एको छ ।