
चितवन/ दुर्लभ एकसिङ्गे गैँडा मा’री खाग बिक्री गरेको अभियोगमा १४ जनालाई प’क्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फ’रार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभि’युक्तलाई सार्वजनिक गरेको हो ।
चालू आर्थिक वर्ष शुरु भएयता निकुञ्जमा चोरी शिकारीबाट मा’रिएका चार गैँडा फेला परेका थिए । यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट प’क्राउ गरेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका–७ का ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै प’क्राउ गरिएको थियो । भरतपुर महानगरपालिका–२८ स्यालबासका ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा प’क्राउ गरिएको हो ।
बाँकेको सोनारीका ३५ वर्षीय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैँडाकोट नगरपालिका–१ ईट्टाभट्टाबाट प’क्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै गैँडाकोट वडा नं १ का ३२ वर्षीय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट प’क्राउ गरिएको हो । प’क्राउ परेकाहरुको बयानको आधारमा अन्य सातजना संलग्न भएको बुझिएको र उनीहरुको खोजीकार्य भइरहेको बरालले जानकारी दिनुभयो ।
यसैगरी अनुसन्धानको क्रममा गैँडा मा’री खाग चो री शिकार भएका विगतका अन्य घटनासमेत खुल्न आएका छन् । विगतका घटनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका– ७ नयाँ बजारका कैलाशबाबु आलेलाई गोरखा बजारबाट प’क्राउ गरिएको छ । सोही गिरोहका लमजुङ बँेशीसहर नगरपालिका–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई काठमाडौँबाट प’क्राउ गरिएको हो ।
माडी नगरपालिका–९ अयोध्यापुरी बस्ने वर्ष ३२ का दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट प’क्राउ गरिएको हो । मकवानपुर जिल्ला वाग्मती गाउँपालिका–३ घर भई काठमाडौँ गोकणेश्वर बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाडाँंैको बौद्ध बस्ने ६१ वर्षीय नाङ्गे तामाङ लामा, काठमाडौँ बौद्धका २१ वर्षीय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाईसमेत प’क्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
तनहुँको आबुखैरेनी नगरपालिका–५ घुमाउने बस्ने ३३ वर्षीय हरिबहादुर मगरलाइसमेत प’क्राउ गरिएको छ । अनुसन्धानका क्रममा प’क्राउ परेकाहरुको बयानबाट दोषी देखिएका १८ जना फ’रार देखिएको र उनीहरुको खोजी भइरहेको बरालले जानकारी दिनुभयो ।
प’क्राउ परेकाहरुको साथबाट एक थान गाडी, दुई थान मोटरसाइकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल, रु ४१ लाख बराबरको बैंक भौचर ६ थान ब’रामद गरिएको सो अवसरमा जानकारी दिइयो । बरालले प’क्राउ परेकामध्ये रणकुमाल भन्ने जीतबहादुर कुमाल पाँच पटक, काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ दुई पटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा तीन पटक गैँडा मा’र्ने कार्यमा संलग्न रहेको र निजहरु लामो समयदेखि पटकपटक गैँडा मा’री खागको चो’री निकासी गर्ने कार्यमा संलग्न रहेको खुल्नआएको जानकारी दिनुभयो ।
कुमाल विसं २०६९ फागुन ९ गते प’क्राउ परी गत जेठ १० गते जिल्ला कारागार चितवनबाट मुक्त भएका थिए । निज गैँडा तस्करीको फैसलासँगै कारा’गार जीवन बिताएका थिए । छुट्नासाथ तस्क’रीमा संलग्न भएको पाइएको छ ।
सो अवसरमा दिइएको जानकारी अनुसार उनीहरुलाई पुस ३ गते यता विभिन्न मिति र स्थानबाट प’क्राउ गरिएको हो । प’क्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाहीका लागि आजै जिल्ला अदालत नवलपुरमा पेश गरिने बरालले जानकारी दिनुभयो । उहाँले प’क्राउ परेकाहरु तस्क’रीका पाँचौं तहसम्मका रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार राईले विगतमा सुन, रक्तचन्दन र गाँ’जा तस्करीमा लागेका अहिले खाग तस्क’रीमा लागेको बताउनुभयो । उहाँले विदेशमा रहेकालाईसमेत बोलाएर तस्क’रीमा लगाएको पाइएको जानकारी दिनुभयो ।
निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति अरुण श्रेष्ठले ठूलो सङ्ख्यामा अवै’ध कार्यमा संलग्नहरु प’क्राउ परेको भन्दै चो’री शिकारी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउनुभयो । निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा शिकारीले गत भदौ १७ गते २५ देखि ३० वर्षको भाले गैँडालाई गो’ली हानेर मा’रेका थिए । उनीहरुले त्यसको खा’ग र खुर भने लैजान पाएका थिएनन् ।
कात्तिक १९ गते नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको माउ र बच्चा मृ’त भेटिएका थिए । २०÷२२ वर्षकी पोथी गैँडा र तीन वर्षको बच्चा गोली लागेर म’रेका थिए । तिनीहरुको शिकारीले खा’ग लगिसकेका थिए । त्यस्तै, कात्तिक २१ गते गैँडाको कङ्का’ल भेटिएको थियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको उक्त गैँडा पनि शिकारीबाट मा’रिएको खुल्न आएको थियो । केही वर्षयता शून्य चो’री शिकार भए पनि एकाएक तस्करले गैँडा मा’र्न थालेपछि निकुञ्ज सुरक्षामा फरक रणनीति अपनाएर तस्क’रीको खोज तलासमा व्यापकता दिइएको छ ।