आइतबार १७ मंसिर २०८०

धनगढी/ सरकारी तथा निजी अस्पतालमा अक्सिजनको चर’म अ’भाव भएर कोरोना संक्र’मित र अन्य बिरामी छटपटाइ’रहेका बेला धनगढीकै ठूला औषधि व्यापारीले सिलिन्डर लुका’एर कालो’बजारी गरिरहेको पाइएको छ ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा मेडिकल सामग्री आपूर्तिमा दशकदेखि एक’लौटी जस्तै काम गर्दै आएको अमित मेडिसिनका सञ्चालक दुष्यन्त बस्नेतले सिलिन्डर गोदाममा लुका’एको चर्चा चलेपछि छा’पा मा’र्दा ६० वटा सिलिन्डर भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलाली, प्रह’री र वाणिज्य कार्यालयसहितका प्रतिनिधिले बस्नेतको गोदाममा बुधबार छापा मारेका थिए । बस्नेतले अन्य सिलिन्डर पनि लुका’एरै राखेको अनु’मान गरिएको छ । ‘खरिद–बिक्रीका सबै कागजात तीन दिनभित्र पेस गर्न बस्नेतलाई भनेका छौं,’ वाणिज्य कार्यालयका प्रमुख कमल पुनले भने ।

बस्नेतले आफू सुदूरपश्चिममा मेडिकल क्षेत्रको ठूलो आपूर्तिकर्ता भएकाले अक्सिजन सिलिन्डर मौज्दात हुनु स्वाभाविक भएको बताए । ‘मकहाँ नभए कोसँग हुन्छ त ?’ उनले भने, ‘क्षेत्रीय मेडिकल स्टोर, सेती प्रादेशिक अस्पताल र पहाडी जिल्लाका सरकारी अस्पतालमा विगतदेखि नै मैले मागअनुसारको अक्सिजन उपलब्ध गराउँदै आएको छु ।’ यो ख’बर आजको कान्तिपुर दैनि’कमा छापि’एको छ ।

४८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया