
काठमाडौ/ राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलवि’रुद्धमा चार दलले साझा उम्मेद्वार बनाएका छन् ।
नेकपा एमालेका नेतासमेत रहेका गृहमन्त्री बादल’विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष’ले संयुक्त गठबन्धन बनाएका हुन् ।
दुई सिटका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमाले’विरुद्ध एमालेकै माधव नेपाल पक्ष’सहितको चार प’क्षीय गठबन्धन बन्ने भएको हो । गठबन्धनको साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सारिएको छ । माधव नेपाल समूह निकट रहेका डा. देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन ल’ड्ने भएका छन् ।
वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि ती दुई स्थान रिक्त भएका थिए ।
मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्ष’बीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड–माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ ।