
काठमाडौ/ पछिल्लो २४ घन्टामा नेपालमा थप आठ हजार ६५९ जनामा कोरोना (कोभिड–१९) सङ्क्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा पिसीआर विधिबाट ८ हजार ६०५ र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्र’मण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो ।
पिसीआर विधिबाट २० हजार ७५६ र एन्टिजेन विधिबाट ६१६ गरी २१ हजार ३७२ को स्वाब परीक्षण गरिएको थियो । अब देशभर सक्रिय सङ्क्र’मितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्र’मितको सङ्ख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।
कोरोना सङ्क्र’मण भएका ४ हजार ७६४ जना संस्थागत आइसो’लेसनमा र ६१ हजार ५८८ जना होम आइसो’लेसनमा रहेका छन् । आइ’सीयुमा ६०० र भेन्टिलेटरमा १५६ जना उपचार गराइरहेका छन् ।
५८ को नि’धन
कोरोना भाइरसको सङ्क्र’मणबाट गत २४ घण्टामा ५८ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्र’मणबाट मृ’त्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ । यस अवधिमा २४ घन्टामा १ हजार ९९३ जना कोरोना मु’क्त भएका छन् । हालसम्म को’रोनाबाट निको हुनेको सङ्ख्या २ लाख ८९ हजार ७८३ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा ३ हजार ८२५ मा सङ्क्र’मण
काठमाडौँ उपत्यकामा तीन हजार ८२५ जनामा कोरोना सङ्क्र’मण पुष्टि भएको छ । काठमाडौंँमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना सङ्क्र’मित भेटिएको मन्त्रालयले जनाएको छ । एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृ’त्यु भएको छ ।