आइतबार १७ मंसिर २०८०

डडेल्धुरा/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिब’न्धित नेपाल कम्युनिस्ट पार्टीले डडेल्धुराका ग्रामीण क्षेत्रहरुमा संगठन विस्तारमा तीव्रता लिएको छ ।

सो पार्टीका भ्रातृ संगठनहरुसमेत सक्रियताका साथ संगठन विस्तार अभियानमा जुटेका छन् ।मंगलबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कारपछि निर्मम ह’त्या प्रकरणविरुद्ध ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तिकारीले आलिताल गाउँपालिकामा प्रदर्शन गरेको छ ।

संगठन विस्तार अभियानका क्रममा बैतडीमा भएको जघन्य अप’राधको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताउनुभयो । उहाँले हाल जिल्लाभरका विद्यालयमा संगठन बिस्तार भइरहेको जानकारी दिनुभयो ।विप्लवको पार्टीले जिल्लाका अधिकांश स्थानीय तहका वडाहरुमा वडा कमिटी, बस्ती स्तरमा टोल कमिटी र भ्रातृ तथा जनवर्गीय संगठनहरु गठन र पुनर्गठनको काम गरिरहेको सो पार्टीका जिल्ला सेक्रेटरी टीका राना ‘विजय’ले जानकारी दिनुभयो ।

उहाँले केन्द्रमा सरकारसँग वार्ताको वातावरण बन्न थालेकाले हाल संगठन विस्तार अभियान सञ्चालन गरिएको बताउनुभयो ।सरकारसँग वार्ता गरेर पार्टीमाथि लगाइएको प्रति’बन्ध हटाउने पक्षमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको जिल्लास्तरीय नेताहरुको बुझाइ छ ।(नेपाल समाचारपत्रबाट)।

१५२० पटक हेरिएको

तपाईको प्रतिक्रिया