मंगलबार ०२ कार्तिक २०७८

वासिङ्टन/ अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत युवा अमेरिकीलाई कोरोना भाइरस’विरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन् ।

यस्तै जतिसक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप दिन सुरु गर्ने योजनामा रहेको राष्ट्रपति बाइडेनले बताएका छन् । अमेरिकी स्व’तन्त्रता दिवस सम्ममा देशका १६ करोड युवालाई कोरोना भाइरस’विरुद्धको खोपको पूर्ण मात्रा लगाइ सक्ने नयाँ लक्ष्य बाइडेनले तय गरेका हुन् ।

अहिलेसम्म १० करोड ५० लाख अमेरिकीले कोरोना भाइरस’विरुद्धको खोप लगाइसकेका छन् । अमेरिकामा अहिले दैनिक १० लाख मानिसले खोप लगाइरहेका छन् ।

तर, अहिले खोप लगाउने दर तीन हप्ता पहिले भन्दा आधा घटेको छ । खोपलाई लिएर शं’का गरेका तथा खोप अभियानको वि’रोध गरिरहेकालाई पनि बुझाउने प्रयास भइरहेको बाइडेन प्रशासनले जनाएको छ ।

अबको दुई महिनामा देशको स्वातन्त्रता दिवससँगै कोरोना भाइरसबाट स्व’तन्त्र वा मु’क्त भएको दिवस मनाउने लक्ष्य रहेको राष्ट्रपति बाइडेनले जनाएका छन् ।

यसैबीच अमेरिकाको फुड एण्ड ड्र’ग एड्मि’निस्ट्रेशन (एफडिए) ले १२ वर्षभन्दा माथिकालाई कोरोना भाइरस’विरुद्धको फाइजरको खोप प्रयोगका लागि स्वीकृति दिने तयारी गरेको छ ।

सो स्वीकृति प्रदान भएलगत्तै १२–१५ वर्षसम्मकालाई पनि खोप दिने योजना बाइडेनले बनाएका हुन् ।

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया