
काठमाडौं/ नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्प’मतमा परेको छ ।
‘चैत २३ भित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भनेका थियौं, त्यतिबेला प्रधानमन्त्रीले विश्वासको मत लिन पहल गर्नुभएन । अब केही समयभित्रै संसदको बजेट अधिवेशन बोलाउनुपर्ने बाध्यकारी अवस्था छ । विश्वासको मत लिन छ’ल्ने र विशेष अधिवेशनको नाम दिएर जुन अधिवेशन बोलाइएको छ ।
प्रमको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँदैन । यसलाई हाम्रो पार्टीले अरु अरु दलले सचेतता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ’ बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
त्यस्तै माओवादी केन्द्रले अझैपनि वैकल्पिक सरकारको सम्भावना कायमै रहेको निष्कर्ष निकालेको छ। आज बसेको स्थायी समितिको बैठकले सो निष्कर्ष निकालेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘वैकल्पिक सरकारको सम्भावना कायमै छ त्यसका लागि हामी सम्बन्धित पार्टीहरुसँग छलफल गरिरहेका छौं,’ श्रेष्ठले भने।
लुम्बिनी सरकारलाई असंवैधानिक रहेको नेकपा माओवादीको घोषणा गरेको छ नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा गरिएको मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवै’धानिक रहेको निष्कर्ष निकालेको छ।
आज बसेको स्थायी समितिको बैठकले लुम्बिनी सरकारलाई असंवै’धानिक रहेको घो’षणा गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।