आइतबार ०७ आश्विन २०८०

डोटी/ राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चि’तकालका लागि ब’न्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा ब’न्द गरिएको जानकारी गराएको हो ।

सूचनामा भनिएको छ, “बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्र’मण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैंकिङ सेवा ब’न्द हुनेछन् ।” सेवा ब’न्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्र’मण भयो भन्ने विषयमा बैंकले खुलाएको छैन ।

बैंकले आफ्ना सेवा ब’न्द गरेपछि सेवाग्राहीलाई निकै स’मस्या भएको छ । पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरु भत्ता लिनका लागि बैंकमा आउन थालेका कारण बैंकको सेवा ब’न्द भएपछि सबैभन्दा बढी उनीहरु मा’रमा परेको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भत्ता लिने सेवाग्राहीको भी’ड लाग्ने गरेको छ, बैंकले सेवा ब’न्द गरेपछि स’मस्या हुने भएको छ ।” सेवाग्राहीका समस्यालाई दृष्टिगत गर्दै तथा कर्मचारीको पिसिआर रिपार्टका आधारमा आफ्ना सेवाहरु निकट भविष्यमै पुनः सञ्चालन गर्ने योजना रहेको राष्ट्रिय वाणिज्य बैंक डोटीका प्रमुख हर्कसिंह धामी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बाध्य’ताले हामीले केही दिनका लागि सेवा ब’न्द गर्नु परेको हो, चाँडै पुनः सेवा सञ्चालन हुनेछ, सेवाग्राहीमा परेको सम’स्याका लागि हामी क्षमा’प्रार्थी छौँ ।”

बैंकले अचानक सेवा ब’न्दको सूचना निकालेर सबै सेवा ब’न्द गरेपछि सिलगढीमा रहेको बैंकको शाखामा सेवाग्राहीको भी’ड लागेको दिपायल पिपल्लाका स्थानीयवासी प्रकाशबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा ब’न्द गरेको बैंकले समयमै जानकारी दिएन, यहाँ सेवाग्राहीको भी’ड लागेको छ, उनीहरुको सम’स्या कसले बुझ्ने ।”

बैंकमा सुनको ब्याजदेखि अन्य कारोबारका ग्राहकहरुको पनि भी’ड बढेको स्थानीयवासीहरु बताउँछन् । उता राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले भने आफ्नो सेवा पुनः सञ्चालन राखेको शाखाप्रमुख गणेशबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो शाखामा पनि केही कर्मचारीलाई कोरोना पोजे’टिभ देखिएको छ, उहाँहरु आइसोलेशनमा हुनुहुन्छ, सेवाग्राहीको चा’पलाई ध्यानमा राखेर हामीले सेवा पुनः सञ्चालन गरेका छौँ, बन्द भएको छैन ।”

जिल्लामा कोरोना सङ्क्र’मितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासनले आज रातिदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपछि भत्तादेखि खातामा भएको आफ्नो रकम झिक्न आउने सेवाग्राहीका कारण बैंकमा भी’ड बढेको बताइएको छ । जिल्लामा अहिलेसम्म कम्तीमा पनि १७३ जनामा कोरोना सङ्क्र’मण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीका अनुसार भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकमा कोरोना सङ्क्र’मण देखिएको हो । कोरोना सङ्क्र’मणका कारण दुई हप्ताको अवधिमा जिल्लामा दुई जनाको ज्या’न गइस’केको छ ।

कोरोना सङ्क्र’मितको सङ्ख्या दिनहुँ ब’ढ्न थालेपछि यहाँका स्थानीयवासीमा त्रा’स फैलिएको बताइएको छ । जिल्लामा दुई नगरपालिका तथा सातवटा पालिकासहित नौवटा स्थानीय तह भए पनि कोरोना रोक’थाम तथा निय’न्त्रणका लागि कसैले पनि पहल नगरेको स्थानीयवासीको आ’रोप छ । जिल्लामा अहिलेसम्म भारतबाट आएका नागरिक राख्नका लागि क्वारेन्टिन तथा सङ्क्र’मण भएका व्यक्ति राख्नका लागि आइसो’लेशन वार्डसमेत निर्माण गरिएको छैन ।

३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया