आइतबार १७ मंसिर २०८०

कैलाली/ कोरोना संक्र’मणको दोस्रो लहर व्या’पक रूपमा फैलि’एपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी लगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन् । तर उनीहरूलाई परी’क्षणबिना नै गाउँ जान दिइएको छ।

भारतबाट फर्किनेको नाकामा एन्टि’जेन जाँ’च गरेर संक्र’मण पत्ता लगाउने भनिए पनि किट अभा’वमा अधिकांशको जाँ’च हुने गरेको छैन । आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टि’जेन परी’क्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो ।

शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो । त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टि’जेन जाँच गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश स्वा’स्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा, गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना सुदूरपश्चिम फर्केका छन् । तीमध्ये बढीजसो परी’क्षण नगरी गाउँगाउँ पुगेका छन् । याे ख’बर नागरिक दैनि’कमा छ ।

११६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया