
तनहुँ/ व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना सि’किस्त बिरा’मी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बि’रामी परेका हुन् । बि’रामी परेका व्यक्तिमा पखा’ला, बा’न्ता र कसैकसैलाई ज्वरो आउने लगायतका ल’क्षण देखिएको बताइएको छ ।
शुक्रबार बिहेपश्चात् शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिनुभयो । चार जना अलि ग’म्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्ला’इन चढाएर उप’चार भइरहेको उहाँले बताउनुभयो ।
यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वा’ब सङ्कलन गरी कोरोना परी’क्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उहाँले बताउनुभयो । नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताउनुभयो ।