
काठमाडौं/ चीनबाट २० हजार थान अक्सि’जन सिलि’न्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सि’जन सिलि’न्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।
हवाइ र स्थल मार्गबाट ती सि’लिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सि’जन सि’लिन्डर उपलब्ध गराउने प्रतिब’द्धता जाहेर गरेको हो । एक साताअघि पाँच विदेशमन्त्रीसँग चीनले भेटघाट गरेको थियो ।
चीनले दिने भनेको उक्त अक्सि’जन सिलि’न्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ । साथै, सरकारले अक्सि’जन सिलि’न्डरको माग बढेपछि सिलि’न्डर होल्ड नगर्न नि’र्देशन दिइसकेको छ ।
कोभिड सं’कट व्यव’स्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकमा चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २ हजार सिलि’न्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको छ ।
सीसीएमसीको बैठकले ती सबै सि’लिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्गबाट भन्दा स्थलमार्गबाटै सिलि’न्डर ल्याउन सहज हुने भएपछि सरकारले स्थलमार्गबाटै सिलि’न्डर ल्याउने तयारी थालेको छ ।